Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

हेटौंडामा सडक विस्तारका लागि अन्तिम दिन आज, भोलिदेखि डोजर चलाउन तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ मंसिर । हेटौंडा उपमहानगरभित्र महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि सड़क सीमा मिचेर बनेका संरचना हटाउन दिइएको १५ दिने अल्टिमेटम आज सकिँदैछ। तोकिएको मिति भोलिदेखि नै सडक डिभिजन हेटौंडा फिल्डमा उत्रने तयारीमा छ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशअनुसार मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक, राप्ती पुल तथा बुद्धचोक–सामरी पुल खण्डसम्म केन्द्र रेखाबाट २५–२५ गज (७५–७५ फिट) सडक सीमा कायम गर्ने निर्णय गरेको हो। तर समयसीमा सकिन लागेको बेला पनि अधिकांश घरधनी र व्यवसायीहरूले संरचना हटाएका छैनन्।

मुआब्जा र क्षतिपूर्तिको माग राख्दै प्रभावितहरूले आन्दोलन तीव्र बनाएका छन्। व्यवसायीहरूको उपस्थिति आन्दोलनमा देखिए पनि मकवानपुर उद्योग वाणिज्य संघ भने यसमा सहभागी नहुने निर्णयमा अडिग छ। केही घरधनी आफ्नो संरचना भत्काउन तयार भए पनि धेरैजना प्रतिरोधमा उत्रिने चेतावनी दिइरहेका छन्।

तर सडक डिभिजन कार्यालय दृढ छ—वर्षौंदेखि रोकिएको सडक विस्तार अब कुनै हालतमा नरोकिने। कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भोलि २० मंसिरदेखि नै अतिक्रमित संरचना हटाउने अभियान सुरु हुनेछ। करिब ५३१ घर, टहरा तथा अन्य संरचना २०–२५ दिनभित्र हटाइसक्ने लक्ष्य लिइएको उनले बताए।

कार्यालयसँग करिब २० वटा हेभी इक्विपमेन्ट तयारी अवस्थामा छन्, आवश्यक परे काठमाडौं र जनकपुरबाट थप उपकरण झिकिन सक्ने व्यवस्था पनि मिलाइएको छ। केही क्षेत्रमा एकैसाथ डोजर चलाइने र सडक विस्तारको कार्य सहज बनाउन भोलिदेखि सवारीसाधन आवागमन रोक्ने तयारी पनि गरिएको छ।

करिब ९.५ किलोमिटर सडकखण्डमा केन्द्रित रहने यो अभियान (महेन्द्र राजमार्ग ६.३ किमी तथा त्रिभुवन राजपथ ३.२ किमी) यसअघि २०७६ असारमा राप्ती रोडमा भएको झडपको सम्झनासहित अघि बढ्दैछ। यसपटक भने सडक डिभिजन सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर पहिलाभन्दा कडाइका साथ काम थाल्न लागेको बताइएको छ।

ताजा समाचार

थप समाचार