Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

मानव अधिकार आयोगमा एक वर्षमा १०५ उजुरी दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दै एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घनसम्बन्धी १०५ वटा नयाँ उजुरी दर्ता भएको जानकारी दिएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले पेश गर्नुभएको प्रतिवेदनमा समीक्षा अवधिमा ६ वटा उजुरी खारेज भएको तथा पुराना र नयाँ गरी २८० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरी निर्णय गरिएको उल्लेख छ ।

आयोगले अनुसन्धानका क्रममा २२ पटक बैठक बसी ४९ वटा उजुरीगत र ८ वटा नीतिगत सिफारिस सरकारलाई गरेको छ। साथै, मानव अधिकार उल्लङ्घनका घटनामा न्याय दिलाउन सात जना पीडित वा पीडितका परिवारका नाममा ४७ लाख ७२ हजार ४८९ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ। यद्यपि, आयोगको प्रतिवेदन अनुसार सिफारिस कार्यान्वयनको अवस्था भने सन्तोषजनक देखिएको छैन ।
हालसम्म १३।२९ प्रतिशत सिफारिस मात्र पूर्ण कार्यान्वयन भएको र बाँकी ३४।१२ प्रतिशत आंशिक कार्यान्वयन तथा ५२।६० प्रतिशत कार्यान्वयनको प्रक्रियामा रहेको प्रतिवेदनले देखाएको छ।

आयोगले समीक्षा अवधिमा मानव अधिकारका विभिन्न विषयहरूमा २२६ पटक अनुगमन गरेको जनाएको छ। नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत कैदी बन्दीको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार जस्ता विषयहरूलाई समेटिएको थियो। त्यस्तै, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत स्वास्थ्य, स्वच्छ वातावरण, उपभोक्ता अधिकार तथा विपद् प्रभावितको अधिकारका विषयमा पनि अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले सीमान्तकृत वर्ग, ज्येष्ठ नागरिक, महिला, बालबालिका र जातीय विभेदका विषयहरूलाई पनि आफ्नो अनुगमनको प्राथमिकतामा राखेको जनाएको छ ।

ताजा समाचार

थप समाचार