Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

अपहरण शैलीमा गिरफ्तार: भारतीय प्रहरीद्वारा वीरगञ्जबाट नेपाली नागरिक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, २२ मंसिर |
भारत–नेपाल सीमाबाट फेरि एकपटक सुरक्षा समन्वयको संवेदनशीलता उजागर हुने घटना सार्वजनिक भएको छ। आइतबार राति भारतीय प्रहरीको टोली सादा पोसाकमा नेपालको भू–भागमै प्रवेश गरी एक नेपाली नागरिकलाई जबरजस्ती पक्राउ गरी भारत लगेको परिवारको आरोप छ।

स्थानीयका अनुसार पक्राउ परेका व्यक्ति पर्सा, सखुवा प्रसौनी–५ खजुरिया निवासी ४० वर्षीय मेघराज साह हुन्, जो पछिल्लो समय वीरगञ्ज–१३ राधेमाई टोलमा बस्दै आएका थिए। राति करिब १० बजेतिर भारतीय नम्बर प्लेट भएको सेतो थार गाडीमा आएका तीन व्यक्तिले आफूहरू भारतीय प्रहरी भएको बताउँदै साहलाई जबरजस्ती कब्जामा लिएर भारततर्फ लगेका हुन्।

परिवारले बताएअनुसार भारतीय टोली पहिले साहको गाउँ खजुरिया पुगेको, नभेटिएपछि सीधे वीरगञ्जमा आएर राति नै ‘अपहरण शैलीमा’ लगेको दाबी गरिएको छ। घटनाको समयमा नेपाल प्रहरी उपस्थिति नभएको तथा समन्वयसम्बन्धी कुनै जानकारी नआएको पर्सा प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले घटना औपचारिक रूपमा पुष्टि हुने अवस्था नभएको भन्दै भने, “हामीलाई भारतीय पक्षबाट पूर्वसूचना आएको थिएन। यो खबर सत्य वा असत्य दुबै हुन सक्छ, अनुसन्धान आवश्यक छ।”

भारतीय पक्षले साहलाई गिरफ्तार गर्नु पछाडिको कारण भारतमा हालै बरामद भएको ठूलो परिमाणको लागूपदार्थ प्रकरणसँग जोडिएको बताइँदैछ। केही दिन अघि करिब ५० किलो चरेससहित पक्राउ परेका एक अभियुक्तले मेघराज साहको नाम बयानमा लिएको स्रोतको दाबी छ। सोही आधारमा भारतीय सुरक्षातन्त्रले एकतर्फी कारबाही गरेको अनुमान गरिन्छ।

साहका परिवारले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकार तथा सम्बन्धित निकायलाई तत्काल कूटनीतिक पहलमार्फत उद्धार गर्न आग्रह गरेका छन्।

सीमावर्ती क्षेत्रमा यस्ता घटना पहिलो पटक होइन। विगतमा पनि भारतीय सुरक्षा संयन्त्रले सूचना नदिई नेपाली भूमिबाटै नागरिकलाई नियन्त्रणमा लिई लगेको आरोपहरू बारम्बार उठ्दै आएका छन्। यसले खुला सीमा र दुई देशबीचको सुरक्षा संयोजनमा गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूको तर्क छ।

ताजा समाचार

थप समाचार