spot_img

एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए 

spot_img
spot_img

काठमाडौं,२६ मंसिर – नेकपा एमालेका पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् ।

दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य हुँदा उनी पाल्पाबाट उनी प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। भूमिसुधार तथा ब्यवस्था मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका उनले पारिवारिक कारणले सक्रिय राजनीति छाडेको बताएका छन् ।

‘मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले काठमडौंमा हुने एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’, उनले भनेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय