Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
17.4 C
Birgunj
spot_img

चुनाव तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्न प्रधानमन्त्री कार्कीको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको १०० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै वित्तीय अनुशासन, सुशासन र निर्वाचन तयारीमा ठोस प्रगति भएको दाबी गरेकी छन् ।

गत भदौ २७ गते सरकार गठन भएको १०० दिन पुगेको उपलक्ष्यमा प्रधानमन्त्री कार्कीले फजुल खर्च कटौती, सुरक्षा व्यवस्था सुदृढीकरण र विकास आयोजनामा बजेट केन्द्रित गरेको बताइन ।

“पदमा रहँदा र अवकाशपछि पनि लिइएका अनधिकृत सुविधा कटौती गरी जनताको कर बचत गरिएको छ । मापदण्ड विपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनसेवामा परिचालित गरिएका छन् । अनावश्यक ३८ कार्यालय खारेज र ३२३ दरबन्दी कटौतीबाट राज्यको व्ययभार घटाइएको छ,” सम्बोधनमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “एक खर्ब १९ अर्ब बराबरको बजेट पुनःप्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको छ । थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ । ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएका छन् । काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको छ ।”

जेन-जी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आन्दोलनले सडकमा फरक कम्पन ल्याए पनि यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन । “जीवन्त लोकतन्त्रले सङ्कटको निकास हिंसाबाट होइन, संवाद र मतबाट खोज्छ,” उनले भनिन् ।

भदौ २३–२४ को दुःखद घटनापछि देश शान्तिको बाटोमा फर्किएको उल्लेख गर्दै उनले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा र घाइतेको उपचार तथा जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको बताइन । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरी काम थालिएको पनि उनले जानकारी दिएकी छन् ।

सुरक्षा र निर्वाचन तयारीबारे जानकारी गराउँदै प्रधानमन्त्री कार्कीले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको बताइन । “आन्दोलनमा लुटिएका १,३४२ थानमध्ये अधिकांश हतियार बरामद भइसकेका छन्, थप ३२ थान नियन्त्रणमा लिइएको छ । क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइ सुरक्षा अभेद्य बनाइएको छ,” उनले भनिन् ।

निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार दिइएको उनले बताइन । हाल १ करोड ८१ लाखभन्दा बढी मतदाता रहेको र ११४ राजनीतिक दल सहभागी हुने भएकाले लोकतन्त्रको जरा बलियो भएको प्रमाणित भएको उनको भनाइ थियो ।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे प्रधानमन्त्री कार्कीले निर्वाचन कार्यतालिका मात्र होइन, देशलाई स्थिरता दिने निर्विकल्प मार्ग रहेको बताउँदै भनिन्, “चुनाव सार्ने वा रोक्ने हल्ला निराधार छन् । सरकार तोकिएको समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चट्टानझैँ दृढ छ ।”

विशेष गरी जेन-जी युवालाई सम्बोधन गर्दै उनले युवाहरूलाई आफ्नो आक्रोश र सपना अब मतपत्रमा व्यक्त गर्न आग्रह गरिन् । “सडकले प्रश्न उठाउँछ, मतपत्रले समाधान दिन्छ । हरेक भोटको सुरक्षा राज्यले गर्छ,” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारमुक्त समाज र सुशासनको चाहना पूरा गर्ने वैधानिक बाटो निर्वाचन नै भएको स्पष्ट पार्दै राष्ट्रिय एकता र धैर्यका लागि आह्वान गरिन् । उनले निर्वाचनलाई परिवर्तनको राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरी नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्याय सुरु गर्ने विश्वास व्यक्त गरिन् ।

ताजा समाचार

थप समाचार