Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
17.4 C
Birgunj
spot_img

श्रिसिया नदी संरक्षणमा जेन–जी युवाको सक्रियता, सफाइ अभियान सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०५ पुस । फोहर र दुर्गन्धका कारण दिनप्रतिदिन प्रदूषित बन्दै गएको श्रिसिया नदीको संरक्षणका लागि वीरगन्जका जेन–जी युवाहरू सक्रिय रूपमा अघि बढेका छन् । विभिन्न सामाजिक संस्थामा आबद्ध युवाहरूले नदी सफा गर्न प्रत्यक्ष अभियान थालेका हुन् ।

पटक–पटक सरोकारवाला अभियन्ता र संस्थाको पहल हुँदाहुँदै पनि श्रिसिया नदीको अवस्था सुधार नआएपछि युवाहरूले आफैँ मैदानमा उत्रिँदै शनिबार रानिघाटस्थित नदी किनार सफाइ अभियान सञ्चालन गरेका छन् । अभियानको अगुवाइ किशन सर्राफले गरेका थिए ।

सफाइका क्रममा नदी किनारमा थुप्रिएको फोहर हटाउनुका साथै अत्यधिक दुर्गन्धित र प्रदूषित नदीको पानी संकलन गरी जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकामा बुझाइएको छ । यसमार्फत युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन् ।

अभियानका संयोजक सर्राफका अनुसार श्रिसिया नदीको अवस्था दिनानुदिन भयावह बन्दै गए पनि जिम्मेवार निकाय मौन देखिएका छन् । उनले जेन–जी युवाहरू चरणबद्ध कार्यक्रममार्फत श्रिसिया नदी सफाइ र संरक्षणका लागि निरन्तर आवाज उठाउने स्पष्ट पारे ।

अभियानमा राजन श्रीवास्तव, विक्की सर्राफ, राज शाह, आयुष गुप्ता, ओशन गुप्ता, पवन यादव, विक्की गुप्ता, ऋषु वर्मा, शिवराज पटेल, अजय महतो, सुरेश बिरादी, आकाश दास, एलेक्स शाह तथा सुजीतलगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

अभियन्ताहरूले श्रिसिया नदीको प्रदूषण नियन्त्रणका लागि तत्काल ठोस योजना, प्रभावकारी अनुगमन र दीर्घकालीन समाधान आवश्यक रहेको भन्दै सरकार तथा स्थानीय तहसँग जिम्मेवार भूमिका निर्वाह गर्न माग गरेका छन् ।

ताजा समाचार

थप समाचार