Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

आगामी बजेटका लागि अनुदान माग गर्ने समय सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ पुस । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश तथा स्थानीय तहले विशेष र समपूरक अनुदान प्राप्त गर्न अब दुई महिनाभित्र आफ्ना आयोजना तथा कार्यक्रमका प्रस्ताव पेस गर्नुपर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले गत मंसिर २६ गते सूचना जारी गर्दै माघ मसान्तभित्र विद्युतीय प्रणालीमार्फत आयोजनाका प्रस्तावहरू आह्वान गरेको हो । आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठका अनुसार बजेट निर्माणको प्रारम्भिक चरण सुरु भइसकेकाले तोकिएको कार्यतालिकाभित्रै सुगम–दुर्गमको अवस्था, स्थानीय क्षमता र आवश्यकताका आधारमा अनुदान वितरणको मापदण्ड तय गरिनेछ ।

सरकारले समपूरक अनुदानतर्फ कृषि उपजको भण्डारण, खानेपानी, सिँचाइ, फोहोरमैला व्यवस्थापनमा आधुनिक प्रविधि, र स्वास्थ्य पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस्तै विशेष अनुदानतर्फ शैक्षिक गुणस्तर सुधारका लागि प्रयोगशाला, डिजिटल बोर्ड, र पिछडिएका समुदाय लक्षित कार्यक्रमका साथै आधारभूत स्वास्थ्य सेवाका उपकरणहरूमा लगानी गर्ने नीति लिएको छ । आयोगले यसपटक नयाँ आयोजनाभन्दा पनि सञ्चालनमा रहेका र सम्पन्न हुन बाँकी अधुरा आयोजनाहरूलाई पहिलो प्राथमिकता दिने स्पष्ट पारेको छ ।

विगतका वर्षहरूमा अनुदान माग गर्ने प्रवृत्तिमा उल्लेख्य सुधार आए पनि कतिपय स्थानीय तहमा अझै प्राविधिक र प्रशासनिक कमजोरी देखिएका छन् । आयोगका निवर्तमान उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीका अनुसार केही पालिकाले अझै पनि समयमै बजेट ल्याउन नसकेको र पुराना आयोजनालाई नै पुनः प्रविष्ट गर्ने जस्ता अनियमितता देखिएकाले यसपटक तीनजना जिम्मेवार पदाधिकारीको अनिवार्य हस्ताक्षर र प्रमाणीकरण फारम भर्नुपर्ने कडा व्यवस्था गरिएको छ ।

संघीय सरकारले वार्षिक झन्डै पौने तीन अर्बको हाराहारीमा यस्तो अनुदान उपलब्ध गराउँदै आएकोमा यस वर्ष दोहोरो स्रोत नपर्ने गरी वास्तविक आवश्यकताका आधारमा मात्रै बजेट विनियोजन गरिने सुनिश्चितता खोजिएको छ ।

ताजा समाचार

थप समाचार