spot_img

बिराटनगरको क्यासिनोमा प्रहरीको छापा २० नेपाली नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज,७ पुस – विराटनगरका दुई क्यासिनोमा प्रहरीले छापा हानेको छ । सो क्रममा प्रहरी दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक–पटक झगडा भएको विषय पनि बाहिर आएको थियो ।
आइतबार बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालले जानकारी दिए । पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन् । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

गत चैत ३ गते क्यासिनोको विवादमा विराटनगरको रत्ना होटलको क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलको समूहसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको थियो । यो झडपमा तीनै जना घाइते भएका थिए ।
२०८० पुस २८ गते बिग होटलमा रहेको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवादका कारण क्यासिनो बाहिर दुई समूहबीच खुकुरी हानाहान भएको थियो । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए ।

बिराटनगर सहित नेपालमा अन्य क्यासिनोहरुमा समेत नेपालीहरुको सहज प्रवेश रहेको छ । नेपाल भारत सिमाका मुख्य शहर वीरगंज समेत संचालनमा रहेको क्यासिनोमा नेपालहरुको भिड हुने गरेको छ । तर हालसम्म प्रहरीले कुनै पनि कारवाही गर्न सकेको छैन् । वीरगंजका क्यासिनो बाहिर समेत बेलाबखत झगडा तथा कुटाकुट हुने गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय