Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
9.4 C
Kathmandu
17.8 C
Birgunj
spot_img

जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन नदिने दुर्गा प्रसाईंको चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ पुस । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जेनजी पुस्ताका माग सम्बोधन नभए आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारलाई पुस १० गतेसम्मको समयसीमा दिँदै माग पूरा गर्न आग्रह गरे।

प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई वार्ताको नाममा आफूहरूलाई झुलाउने काम नगर्न चेतावनी दिए। उनले नागरिक बचाउ अभियानका मागमा ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समर्थन रहेको दाबी गरे।

पत्रकार सम्मेलनमा प्रसाईंले भने, “हामीलाई नजिस्काउनुस्। हामीसँग ६० भन्दा बढी दल र जेनजी पुस्ताको साथ छ। हाम्रा र जेनजीका माग पूरा भए मात्र देशमा फेरि चुनाव हुन्छ। नभए फागुन २१ गते निर्वाचन हुँदैन। सरकारले पुस १० गतेसम्मको समय पाएको छ, त्यो अवधिमा माग पूरा गर्न तत्पर भएन भने हामी निर्वाचन हुन दिँदैनौँ।”

उनले वर्तमान सरकार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पश्चिमी शक्तिको डिजाइनअनुसार बनेको आरोपसमेत लगाए। प्रसाईंको चेतावनीपछि तोकिएको निर्वाचनको विषयलाई लिएर राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ।

ताजा समाचार

थप समाचार