Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

सर्लाहीमा झाडीभित्र लुकाइएको ८६ किलो बढी गाँजा बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मलंगवा,०७ पुस । सर्लाही प्रहरीले हरिवन नगरपालिका–३ स्थित चुरे क्षेत्रको झाडीभित्र लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्दा झाडीभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।

प्रहरीका अनुसार रातो प्लास्टिकले बेरेका ठूला प्याकेट ९ वटा र साना प्याकेट १४ वटा गरी जम्मा २३ प्याकेट गाँजा बरामद गरिएको छ। बरामद गाँजाको तौल प्लास्टिकसहित ८६ किलो ५ सयग्राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाँजा कसले र कुन उद्देश्यले लुकाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार