spot_img

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

spot_img
spot_img

बीरगन्ज,०९ पुस । जेनजी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार पक्राउ गरिएका यी कैदीलाई वीरगञ्ज कारागारमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीका अनुसार, विशेष सूचनाको आधारमा बाराका दुई फरार कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का सुदामा पासवान रहेका छन्, जो कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद भुक्तान गर्दै आएका थिए। उनी गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।

त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह पनि गत भदौ २४ गते फरार भएका थिए। साह उच्च अदालत पाटन इजलास हेटौँडाले तोकेको रु ५० हजार धरौटी तिर्न नसकी कारागार चलान भएका थिए।

उनीहरूलाई पक्राउ गरी वीरगञ्ज कारागारमा बुझाइ सुरक्षा व्यवस्था सुनिश्चित गरिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय