Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचौँ बाघ गणना शुरू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया,१० पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि पाँचौँ पटक बाघ गणना शुरू गरिएको छ । निकुञ्ज क्षेत्रभित्र क्यामरा ट्र्याप जडान गरेर गणना प्रक्रिया अघि बढाइएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले जानकारी दिए ।

सचिव शर्माका अनुसार पछिल्ला वर्षहरूमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । विगतको तुलनामा यहाँ बाघको सङ्ख्या करिब आठ गुणाले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । उनले नेपालले एक दशकभित्र बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको बताए ।

तर बाघको सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ्दै गएको छ । बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित फेनापति सामुदायिक वनमा बाघको आक्रमणमा परेर पार्वती डाँगीको ज्यान गएको छ, जसले मानव–वन्यजन्तु द्वन्द्वको गम्भीरता देखाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हाल नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन् । तीमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै झन्डै १ सय २५ बाघ रहेको अनुमान गरिएको छ । पछिल्लो समयमा २१ वटा पाटेबाघ मरेको तथ्याङ्क छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार बाढी–पहिरो, चोरी सिकारी, आपसी लडाइँ, रोग तथा अन्य प्राकृतिक कारणले निकुञ्ज र सामुदायिक वन क्षेत्रमा बाघको मृत्यु भएको हो । विशेषगरी वयस्क बाघहरूबीच क्षेत्राधिकारका लागि हुने प्रतिस्पर्धाका कारण आपसी द्वन्द्वमा मृत्यु हुने गरेको उनले बताए ।

बाघ संरक्षणका लागि सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रण प्रभावकारी बनेको मानिए पनि यसको असर मानव–वन्यजन्तु द्वन्द्वको रूपमा देखिन थालेको छ । निकुञ्जको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा बर्दियामा ३ सय २२ वन्यजन्तु मरेका छन् भने ४ सय २३ को उद्धार गरिएको छ । वन्यजन्तु मृत्युका मुख्य कारणमा सवारी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, रोग, विद्युत् र आपसी द्वन्द्व रहेका छन् ।

मानवीय क्षतितर्फ हेर्दा अवस्था अझै चिन्ताजनक छ । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामै बाघको आक्रमणबाट चार जनाको ज्यान गएको छ । पछिल्ला तीन वर्षमा नेपालभर ५३ जनाले बाघसँगको द्वन्द्वमा ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जना रहेका छन् ।

ताजा समाचार

थप समाचार