spot_img

एलिजा गौतम जनादेश पार्टी परित्याग गरी आजपाको उपाध्यक्ष

spot_img
spot_img

काठमाडौँ,१० पुस । जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छोड्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन्। आजपामा उनले उपाध्यक्षको जिम्मेवारी पाएकी छन्।

पत्रकार ऋषि धमला पत्नी एलिजाले फेसबुकमार्फत जानकारी दिँदै लेखेकी छन्, “म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

एलिजा गौतम अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन भएको जनादेश पार्टीको केन्द्रीय सदस्य थिइन्। २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ता गर्दा उनी सहभागी भएकी थिइन्। तर बुधबार उनी आजपामा प्रवेश गर्दै नयाँ पार्टीको सबल र जनप्रिय बनाउन आफ्ना एजेण्डा सार्वजनिक गरेकी छन्।

उनका एजेण्डा अनुसार, उनी देशको विकास, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन, पीडितको न्याय सुनिश्चित, महिला सशक्तिकरण र मजदुरको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। एलिजाले व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रको हितलाई राखेर अघि बढ्ने बताएकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय