Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
17.4 C
Birgunj
spot_img

सिन्धुलीमा बोलेरो पिकअप दुर्घटना, चालकसहित ६ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काभ्रेपलाञ्चोक,१० पुस । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सिन्धुली तिनपाटन-५ बस्ने २७ वर्षीय पुष्प तामाङ, सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए ।

घाइतेमध्ये चलकको हात-खुट्टामा चोट लागेको छ । साबित्राको ढाड र दुवै खुट्टामा, सविताको बाँया खुट्टा नचलेको, पुनमको निधार र बायाँ पाखुरामा, अर्जुनको निधारमा चोट लागेको छ । निरजको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार