काठमाडौँ,१० पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल जारी रहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि छलफलस्थलमा पुगेका छन्।
ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बालेनका सल्लाहकार कुमार बेनको निवासमा सुरुमा बालेन र लामिछानेबीच वान–टु–वान छलफल भइरहेको थियो। सोही क्रममा अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका हुन्।
स्रोतका अनुसार पछिल्लो समय मेयर बालेनले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटघाटलाई तीव्र बनाएका छन्। रवि लामिछानेसँगको भेटवार्तालाई आगामी राजनीतिक गतिविधि र प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ। छलफलको औपचारिक निष्कर्ष भने सार्वजनिक गरिएको छैन।



