बीरगन्ज, १० पुस । पर्साको पोखरियामा सामाजिक सेवा र विकासका लागि “लायन्स क्लब अफ पोखरिया” गठन भएको छ। क्लबले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा ग्रामीण भेगका नागरिकलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ।
नवगठित क्लबको नेतृत्व नेजामुद्दीन शमानीले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। क्लबमा २० सदस्य रहेको छ, जसमा आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन, अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान सदस्य रहेका छन्।
लायन्स क्लबको गठन समारोहमा डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं, डिष्ट्रिक्ट कोषाध्यक्ष चन्द्रबहादुर केसी, डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, नरोत्तम पाण्डेय लगायतको उपस्थिती रहेको थियो।
क्लबले आगामी दिनमा स्थानीय समुदायमा स्वास्थ्य शिविर, शिक्षा कार्यक्रम र सामाजिक सेवा कार्यमार्फत योगदान पु¥याउने योजना बनाएको जनाएको छ।



