spot_img

हुस्सु–कुहिरोमा दुर्घटना रोक्न रौतहटका मुख्य सडकमा रिफ्लेक्ट स्टिकर अभियान

spot_img
spot_img

रौतहट,११ पुस । बाक्लो हुस्सु र कुहिरोका कारण विशेषगरी रातिको समयमा बढ्न सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न रौतहट जिल्लाका प्रमुख सडक खण्डहरूमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले तयार पारेको र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट स्वीकृत ‘सडक दुर्घटनाविरुद्ध युवा–२०८२’ कार्ययोजनाअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो।

अभियान अन्तर्गत रौतहटको पूर्व–पश्चिम राजमार्गमा पर्ने धनसर पुलदेखि बागमती पुलसम्म तथा चन्द्रनिगाहपुर–गौर सडक खण्डको बालचनपुर क्षेत्रसम्म पुल, कल्भर्ट, साइनबोर्डलगायत जोखिमयुक्त स्थानमा करिब ३५० फिट बराबरका विभिन्न रङका रिफ्लेक्ट स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त सहकार्यमा अभियान सम्पन्न गरिएको हो। इन्स्पेक्टर मगरका अनुसार कम दृश्यता हुने रात्री समयमा रिफ्लेक्ट स्टिकरले सडकको पहिचान स्पष्ट बनाउने, चालकलाई मार्ग देखाउन सहयोग गर्ने र दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ।

पछिल्ला केही दिनयता रौतहटसहित सम्पूर्ण मधेस प्रदेशमा बाक्लो हुस्सु र चिसो बढ्दै गएको छ, जसले सवारी आवागमनमा समेत असर पारेको छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै सडक सुरक्षालाई प्राथमिकतामा राखी गरिएको यो पहल प्रभावकारी हुने विश्वास प्रहरीले व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय