काठमाडौं,११ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पुनः मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। सोही क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
शर्मालाई आज दिउँसो २ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउने कार्यक्रम तय भएको बताइएको छ। यद्यपि, उनको नियुक्ति औपचारिक रूपमा अन्तिम टुंगोमा भने पुगिनसकेको स्रोतले जनाएको छ।
पूर्वरथी शर्मा यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन्। त्यस्तै, कोभिड–१९ महामारीका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए।
शर्माको नियुक्ति भएमा अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ। मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्रीको प्रयासका रूपमा यसलाई हेरिएको छ।





