Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
17.4 C
Birgunj
spot_img

नेपाली कांग्रेसमा विशेष महाधिवेशन अनिवार्य, विधान उल्लंघनको सुविधा छैन : गगन थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताए ।

महाममन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने बताए । ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं । विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ महामन्त्री थापाले भने ।

विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षर पेश गरेको तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार २९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गरेको प्रस्ताव पेश गरिएको थियो ।

केन्द्रीय कार्यालयमा महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए ।

‘विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमिति भित्रको अनिवार्य जिम्मेवारी भित्र पर्दछ । यो ऐच्छिक विषय रहेन । १५ औं महाधिवेशन भएको भए यो मागको आफैं सार्थकता सकिन्थ्यो,’ महामन्त्री थापाले विशेष महाधिवेशन मागकर्तालाई भने, ‘तपाई‌को मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो अनिवार्य विषयमा केन्द्रीय समितिले कसरी काम गर्ने विषयलाई बैठकमा राख्छौं ।’

विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन भयो भने विशेषको माग स्वत: निष्क्रिय हुने बताएका थिए । विधानको कार्यान्वयन गर्नु दुई महामन्त्रीकै कर्तव्य हुने अर्का महामन्त्री शर्माले बताए । उनले भने, ‘यो मागमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्दछ ।’

ताजा समाचार

थप समाचार