Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

नक्कली सुन देखाएर ठग्ने ४ जना चुच्चेपाटीबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ पुस । काठमाडौँको चुच्चेपाटीबाट प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका घर भएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिका घर भएका ५३ वर्षीय स्याङ्तान उर्फ बिर बहादुर, र नवलपरासी देवचुली नगरपालिका घरका ४२ वर्षीय जित बहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, आरोपीहरूले पुस ८ गते दुई युवालाई कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा बोलाएर पहेँलो धातुको डल्लो देखाउँदै ५ लाख रुपैयाँ ठगी गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरूले सुन भएको भ्रम दिलाउन मोजामा प्याक गरिएको पहेँलो धातु प्रयोग गरेको देखाएको छ।

पक्राउ पर्ने समूहलाई प्रहरी वृत्त बौद्धको टोलीले चुच्चेपाटीबाट नियन्त्रणमा लिएको हो। उनीहरूमाथि ठगी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए।

ताजा समाचार

थप समाचार