Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

अनुदानको मल वितरण पूर्ण डिजिटल, किसानले अनलाइनमै स्टक र बिक्री विवरण हेर्न सक्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १४ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा उपलब्ध हुने रासायनिक मलको वितरण प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। मल खरिद र बिक्री (वितरण) प्रक्रियामा देखिँदै आएका अनियमितता रोक्दै किसानको पहुँच सहज बनाउने उद्देश्यसहित यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

नयाँ प्रणालीमार्फत अब मलको आयात अवस्था, वर्तमान मौज्दात (स्टक) तथा बिक्री–वितरणको अद्यावधिक विवरण किसानले जुनसुकै समयमा अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिएको छ। यसले बजारमा मल वितरण गर्दा देखिने पक्षपात, तोकिएको भन्दा बढी मूल्य असुल्ने तथा अनधिकृत व्यक्ति वा संस्थालाई मल बिक्री गर्ने जस्ता गुनासाहरूलाई सम्बोधन गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

यस प्रणालीको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको कुन सहकारी वा फर्मले पाएको कोटाको मल कुन–कुन किसानलाई कति परिमाणमा बिक्री भयो भन्ने विवरण सर्वसाधारणले प्रत्यक्ष हेर्न सक्नु हो। यसले मल वितरण प्रक्रियामा थप निगरानी र जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

किसान तथा सर्वसाधारणले मन्त्रालयको आधिकारिक वेबसाइट agriculture.gov.np वा सिधै fertilizer.agriculture.gov.np मा गएर विवरण हेर्न सक्नेछन्। वेबसाइटको ‘हाम्रो सेवाहरू’ भित्र रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली’ मा क्लिक गरी आफ्नो स्थानीय तह छनोट गरेपछि सम्बन्धित क्षेत्रको मलको स्टक र बिक्री विवरण खुल्नेछ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मल विक्रेता सहकारी तथा फर्महरूले मलको स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य रूपमा नियमित रूपमा प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ। विवरण प्रविष्ट गरेपछि मात्र प्रणालीमा देखिने भएकाले यसप्रति जिम्मेवार हुन मन्त्रालयले विक्रेतालाई सचेत गराएको छ।

साथै, मन्त्रालयले किसानहरूलाई पनि यो डिजिटल सुविधाको अधिकतम उपयोग गर्न र मल वितरणलाई पारदर्शी बनाउने सरकारी प्रयासमा सहयोग गर्न आह्वान गरेको छ। यस व्यवस्थाबाट मल वितरणमा हुने कालोबजारी र पहुँचवालाको दबदबा अन्त्य भई वास्तविक किसानले समयमै मल पाउने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार