Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

शिक्षाबाटै समाजको रूपान्तरण सम्भव छ : सभामुख यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१४ पुस । मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्। जनकपुरधामस्थित मोनास्टिक विद्यालय तथा कलेजको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय र व्यवहारिक शिक्षा बिना दिगो परिवर्तन सम्भव नहुने धारणा राखे।

सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै संस्थाको प्रशंसा गरे। उनले शिक्षा क्षेत्रमा समयसापेक्ष प्रविधि, नैतिक मूल्य र व्यवहारिक सीपलाई समान महत्व दिनुपर्ने आवश्यकता औंल्याए। साथै, विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गरे।

कार्यक्रममा विद्यालयकी संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको स्थापना, संघर्ष र उपलब्धिबारे जानकारी दिँदै समाजलाई शिक्षित, सक्षम र नैतिक नागरिक प्रदान गर्नु नै विद्यालयको मूल उद्देश्य रहेको बताइन्। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै संस्कार र समावेशी शिक्षालाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो।

विद्यालयका संस्थापक डा. सोनु साहले शिक्षा किताबी ज्ञानमा मात्र सीमित नहुँदै नैतिकता, व्यवहारिक ज्ञान र सीप विकाससँग जोडिनुपर्ने बताए। कार्यक्रमका दौरान शिखा नायक लगायत वक्ताहरूले पनि शिक्षा र समाज विकासका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।

वार्षिकोत्सव समारोहलाई विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य, गीत तथा विविध प्रतिभा प्रदर्शनले थप आकर्षक बनाएको थियो। ४०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको जनाएको छ।

ताजा समाचार

थप समाचार