spot_img

विवाहको प्रलोभन देखाई नाबालिकामाथि यौन दुर्व्यवहार, किशोर पक्राउ

spot_img
spot_img

सप्तरी,१५ पुस । विवाहको प्रलोभन देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सप्तरी प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शनिबार ललाई–फकाई नाबालिकामाथि यौन दुर्व्यवहार भएको सूचनापछि आइतबार ती किशोरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो। सोमबार सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

घटनापछि पीडित बालिकाले घरपरिवारलाई जानकारी गराएपछि अभिभावकले पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसपछि आरोपी किशोरलाई हिरासतमा राखी मुद्दाअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडित बालिकाको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

spot_img

1 COMMENT

  1. किसोर किन त्यसको नाम छैन यस्ता दुसकर्म गर्ने लाइ अदाल ले सार्वजनिक ठाउमा दण्ड दिइने गर्नु पर्छ ताकि फेरि पनि कसैको यस्तो दुस्साहस न होस।

Comments are closed.

spot_img

ताजा अपडेट

लोकप्रिय