Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

निर्वाचनमार्फत युवाको चाहना अनुरूप देश निर्माण हुँदैछ : प्रधानमन्त्री कार्की

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत युवापुस्ताले चाहेजस्तो लोकतान्त्रिक, समृद्ध र समावेशी देश निर्माण गर्ने दिशामा सरकार अघि बढिरहेको स्पष्ट पारेकी छन्।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा मंगलबार काठमाडौंको टुँडिखेलमा सम्पन्न तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका विभिन्न राजनीतिक र सामाजिक अनुभवबाट पाठ सिक्दै संविधानसम्मत, शान्तिपूर्ण र लोकतान्त्रिक मार्ग रोजेर राष्ट्र निर्माणको यात्रा अघि बढाइएको बताइन्।

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सो लक्ष्य प्राप्तिको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै देशभर निर्वाचनको माहोल क्रमशः विकसित हुँदै गएको जानकारी दिइन्। राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा उत्साहपूर्वक पेस गरिसकेको बताउँदै यसले निर्वाचन प्रक्रियालाई थप गतिशील बनाएको धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा सरकारले नयाँ कोशेढुंगा पार गरिसकेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा सबै राजनीतिक दल, नागरिक समाज र जनताको सक्रिय सहभागिता रहनेमा सरकार विश्वस्त रहेको बताइन्।

सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै आमनागरिकले भयरहीत वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ थियो।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले समाजमा मौलिक संस्कृति संरक्षणसँगै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पर्वको शुभकामना पनि व्यक्त गरिन्।

ताजा समाचार

थप समाचार