spot_img

वीरगञ्जको माईस्थानमा भव्य राम महोत्सव, सवा लाख दीप प्रज्वलन तयारी

spot_img
spot_img

वीरगञ्ज पुस १६, — अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामलालाको प्राण–प्रतिष्ठा महोत्सवको तेस्रो वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित श्री गहवामाई माईस्थान मन्दिर प्राङ्गणमा भव्य राम महोत्सव आयोजना गरिँदैछ।

हिन्दू परिषद नेपालद्वारा आयोजित महोत्सवमा राष्ट्रिय अध्यक्ष सञ्जय कुमार सर्राफ र सचिव आमोद कुमार केवटको नेतृत्वमा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। वैदिक मन्त्रोच्चारण, श्री हनुमान आराधना र विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले भक्तिमय वातावरण सिर्जना गर्ने कार्यक्रम आयोजकहरूले बताएका छन्।

कार्यक्रमको विशेष आकर्षणको रूपमा आज साँझ सवा लाख दीप प्रज्वलन गरिने तयारी भएको छ। यसले अयोध्यामा सम्पन्न श्रीरामलालाको प्राण–प्रतिष्ठा महोत्सवको स्मृतिलाई स्थानीय भक्तजनहरू माझ अझ दिव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

विशिष्ट अतिथिका रूपमा हिन्दू परिषद नेपालका वरिष्ठ सल्लाहकार ध्रुवदेव सिंह ठाकुरी र नेपाल सामाजिक संस्थाका अध्यक्ष भूपेन्द्र पौडेलको उपस्थितिको पनि व्यवस्था गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय