Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

वीरगञ्जको माईस्थानमा भव्य राम महोत्सव, सवा लाख दीप प्रज्वलन तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज पुस १६, — अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामलालाको प्राण–प्रतिष्ठा महोत्सवको तेस्रो वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित श्री गहवामाई माईस्थान मन्दिर प्राङ्गणमा भव्य राम महोत्सव आयोजना गरिँदैछ।

हिन्दू परिषद नेपालद्वारा आयोजित महोत्सवमा राष्ट्रिय अध्यक्ष सञ्जय कुमार सर्राफ र सचिव आमोद कुमार केवटको नेतृत्वमा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। वैदिक मन्त्रोच्चारण, श्री हनुमान आराधना र विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले भक्तिमय वातावरण सिर्जना गर्ने कार्यक्रम आयोजकहरूले बताएका छन्।

कार्यक्रमको विशेष आकर्षणको रूपमा आज साँझ सवा लाख दीप प्रज्वलन गरिने तयारी भएको छ। यसले अयोध्यामा सम्पन्न श्रीरामलालाको प्राण–प्रतिष्ठा महोत्सवको स्मृतिलाई स्थानीय भक्तजनहरू माझ अझ दिव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

विशिष्ट अतिथिका रूपमा हिन्दू परिषद नेपालका वरिष्ठ सल्लाहकार ध्रुवदेव सिंह ठाकुरी र नेपाल सामाजिक संस्थाका अध्यक्ष भूपेन्द्र पौडेलको उपस्थितिको पनि व्यवस्था गरिएको छ।

ताजा समाचार

थप समाचार