spot_img

बाराकाे निजगढमा अवैध गाँजा खेती फँडानी

spot_img
spot_img

बारा,१७ पुस । बारा जिल्लाको निजगढ नगरपालिका–१२ स्थित कुलिया टोल क्षेत्रमा अवैध रूपमा लगाइएको करिब ८ कठ्ठा क्षेत्रफलको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्र.ना.नि. आस महमद अंसारीको कमाण्डमा खटिएको टोलीले ११ सयदेखि १२ सयसम्म गाँजाका बोटहरू पूर्ण रूपमा नष्ट गरेको जनाएको छ। प्रहरीका अनुसार यस किसिमका कारबाहीहरू अवैध लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रणका लागि नियमित रूपमा सञ्चालन भइरहेका छन्।

प्रहरीले स्थानीय तहमा लागुऔषधविरुद्ध जनचेतना र निगरानी बढाउनसमेत सर्वसाधारणसँग आग्रह गरेको छ। यस घटनाले अवैध लागूऔषधविरुद्धको सरकारी प्रयासलाई निरन्तरता दिइरहेको देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय