Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

बसको ठक्करबाट दुई जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गुल्मीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान ८ बजेतिर मालिका गाउँपालिका-६ राम्चेमा लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको वडा-६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।
दुर्घटनामा एक जना नाबालक घाइते समेत भएका छन्। मोटरसाइकल पोखरा बारीबाट राम्चे जाँदै थियो। बस विपरित दिशाबाट आउँदै थियो।
मृत्यु हुनेमा मालिका गाउँपालिका-६ का मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीय मनकला अर्याल छन्। त्यस्तै मोटरसाइकलमै सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन्।
वडाध्यक्ष भण्डारीका अनुसार उक्त बसले पैदल हिँडिरहेकी ४२ वर्षीय लीला अर्याललाई पनि ठक्कर दिएको थियो।

कमलपोखरी माविमा पढाउने लीला पनि बसको ठक्करबाट घाइते भएकी छन्। उक्त बसले स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई वनभोजका लागि लिएर जाँदै थियो। स्कुलबाट विद्यार्थी बोकेर २० मिटर अगाडी बढ्ने बित्तिकै बसले मोटरसाइकललाई ठक्कर दिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए।

मृतक मोटरसाइकल चालक वसन्त अर्याल अर्जै, छाप, घमिर, अमरपुर, ईस्मा क्षेत्रमा पठाओ चालकको काम गर्दै आएका थिए। मनकलाले राम्चेदेखि केही तल पौवामा रहेका अनुभवलाई लिन वसन्तलाई लिएर गएको र फर्किएर आउँदा बिहान ८ बजेतिर दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि बसका चालक गुल्मी धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका घाइतेहरूको उपचार तथा मृतकहरूको शव पोस्टमार्टमको लागि तम्घास पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार