Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

UPDATE : बुध्द एयरको दुर्घटना बिषयमा अध्ययन गर्न प्राविधिक टोली भद्रपुर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । शुक्रबार राति भद्रपुर विमानस्थलमा भएको बुध्द एयरको दुर्घटना बिषयमा अध्ययन गर्न प्राविधिक टोली भद्रपुर पुगेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डिसिएल कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र बुध्द एयरको प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर पुगेका छन् ।

टोली केहि समयअघि भद्रपुर विमानस्थलमा पुगेका छन् ।

बुध्द एयरले भद्रपुरमा भएको जहाज दुर्घटनामा परि घाइते भएका यात्रुहरु सामान्य उपचारपश्चात घर फर्किसकेको जानकारी दिएको छ ।

बुध्द एयरले आज बिहान आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै दुर्घटनामा परेका यात्रुहरु सामान्य उपचारपश्चात आफ्नो घर फर्केको जानकारी दिएको हो ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुध्द एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर शुक्रबार राति दुर्घटना भएको थियो ।

जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । कोपाइलटसहित ७ यात्रु सामान्य घाइते घाइते भएका थिए ।

बुध्द एयरले परिस्थिति काबु बाहिर गएको घटनाप्रति कम्पनी निकै गम्भीर भएको बताएको छ । दुर्घटनापश्चात तत्कालै उद्धार कार्यमा तदारुकताका खटिएका नेपाली प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण र बुध्द एयरका कर्मचारीप्रति आभारसमेत व्यक्त गरेको छ ।

बुध्द एयरले घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

ताजा समाचार

थप समाचार