spot_img

भेनेजुएलामा मादुरोको अपहरणप्रति नेपाली किसान संगठनको कडा निन्दा

spot_img
spot_img

काठमाडौँ,२१ पुस । नेपालका ६ कम्युनिस्ट पार्टीसँग आबद्ध किसान सङ्गठनहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको ‘अपहरण’ भएको भन्दै कडा निन्दा गरेका छन्।

सोमबार जारी संयुक्त प्रेस वक्तव्यमा ती संगठनहरूले अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै भेनेजुएलाको सार्वभौमसत्तामाथि नाङ्गो आक्रमण गरेको आरोप लगाएका छन्। उनीहरूले यस घटनालाई स्वतन्त्र राष्ट्र र जनताविरुद्धको स्पष्ट उल्लङ्घन ठहर गरेका छन्।

सङ्गठनहरूले अमेरिकी साम्राज्यवादलाई स्वतन्त्र राष्ट्रहरूलाई प्रभुत्वमा झुकाउने, प्राकृतिक स्रोत लुट्ने र समाजवादी क्रान्तिलाई ध्वस्त पार्ने दीर्घकालीन षड्यन्त्रको निरन्तरता भएको पनि बताएका छन्।

प्रेस वक्तव्यमा मादुरोलाई तुरुन्त र बिना सर्त रिहा गर्न, भेनेजुएलाको सार्वभौमसत्ता सम्मान गर्न र त्यहाँको सैन्य, राजनीतिक तथा आर्थिक आक्रमण अन्त्य गर्न माग गरिएको छ। साथै, भेनेजुएली जनतामाथि लगाइएका प्रतिबन्ध र नाकाबन्दी खारेज गर्न र अपराधका योजनाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा जवाफदेही बनाउन पनि आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले हस्ताक्षर गरेका छन्। उनीहरूले विश्वभरका क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिलाई संयुक्त संघर्षमा उत्रिन आह्वान पनि गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय