Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

छपकैयाको ईदगाहचोकमा जलाइयो मोटरसाइकल

spot_img

वीरगन्ज,२१ पुस । वीरगन्जको छपकैया क्षेत्रस्थित ईदगाहचोकमा सोमबार एउटा मोटरसाइकलमा आगजनी भएको छ। स्थानीय स्रोतका अनुसार मुस्लिम समुदायका केही व्यक्तिहरूले मोटरसाइकलमा आगो लगाएका थिए। घटनापछि छेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। यसैबीच, हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति अभद्र टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा हजारौँको सहभागितामा जुलुस र प्रदर्शन गरिएको छ।

स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्जका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले दिउँसो १ बजेदेखि अर्को सूचना नआएसम्म कुनै पनि भेला, जुलुस, सभा वा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाएको छ। निषेधाज्ञा लागू क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म फैलिएको छ।

स्थिति नियन्त्रणमा राख्न जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटाइएको छ। यद्यपि, केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी रहेको र प्रहरीले केही स्थानमा अश्रुग्याँस चलाएको छ। अर्कोतर्फ, घण्टाघर चोक, माइस्थान चोक, बसपार्क चोक लगायतका क्षेत्र शान्तिपूर्ण रहेका छन्। प्रशासनले सर्वसाधारणलाई संयम, सतर्कता अपनाउन, अफवाहमा नलाग्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अपिल गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय