Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

वीरगञ्जमा तनावपछि कर्फ्यु आदेश जारी

spot_img

वीरगञ्ज, २१ पौष — पर्सा जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी मोहन दहालद्वारा जारी आदेशअनुसार आज मिति २०८२ पौष २१ गते साँझ ६:०० बजेदेखि भोलि बिहान ८:०० बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागू गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ। उक्त अवधिमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्युका बेला अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। साथै सुरक्षा निकायसँग समन्वय गरी अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, खानेपानी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा मानवअधिकार तथा कूटनीतिक निकायका सवारी साधनलाई भने परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै कर्फ्यु आदेशको पालना गर्न सबैमा अनुरोध गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय