Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

सिरहामा किशोरीको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ पुस । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । घटनाको करिब एक महिनापछि सिरहा प्रहरीले हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रारम्भिक अनुसन्धानबाट चौधरी र अविनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको पुष्टि भएको छ । चौधरी विवाहित व्यक्ति हुन् र उनका एक सन्तानसमेत छन् । पछिल्लो समय उनी श्रीमतीसँगको पारिवारिक विवादका कारण छुट्टै बस्दै आएको प्रहरीको भनाइ छ ।

गत मंसिर २२ गते कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिकको झाडीमा अविनाको शव फेला परेको थियो । घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार मंसिर २१ गते साँझ धनुषाको पोर्ताहास्थित एक होटलमा मदिरा सेवन गरेका चौधरीले अविनालाई पटक–पटक फोन गरेका थिए । राति साढे ८ बजे फोन सम्पर्क भएपछि उनले अविनालाई भेट्न बोलाएका थिए । अविना राति करिब सवा ९ बजे चौधरी बस्दै आएको डेरामा पुगेकी थिइन् ।

अनुसन्धानका क्रममा अविनाले विवाहको प्रस्ताव राख्दै आएको र चौधरीले उनलाई अन्य पुरुषसँग फोन तथा अडियो–भिडियो सम्पर्क गरेको आशंका गरेको खुलेको छ । यही विषयमा विवाद चर्किँदा आवेशमा आएर चौधरीले अविनाको घाँटी थिच्नुका साथै ढुंगाले प्रहार गरेको प्रहरीको भनाइ छ । बेहोस भएपछि उनलाई नजिकैको झाडीमा लगेर पुनः ढुंगाले अनुहार किची हत्या गरी फरार भएको खुलेको छ ।

पक्राउ परेका चौधरीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार