spot_img

भ्रष्टाचार बढ्दै गएपछि कलैया यातायातका ट्रायल प्रमुखमाथि मोबिल प्रहार

spot_img
spot_img

वीरगञ्ज, २४ पुस ।  भष्टचार बढदै गएपछि बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारी जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको छ।

कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित यातायात व्यवस्था कार्यालयमा ट्रायल प्रमुखका रूपमा कार्यरत पौडेलमाथि िबहीबार कार्यालय परिसरमै अज्ञात व्यक्तिले मोबिल प्रहार गरेको हो। आफूलाई ‘जेन–जी अगुवा’ बताउने एक युवाले घटनाको जिम्मेवारी लिँदै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत दाबी गरेका छन्। यद्यपि, घटनाको स्पष्ट कारण भने खुल्न सकेको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा संलग्न व्यक्तिको पहिचान गर्दै घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय