Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

वीरगञ्जमा आँपको रुखमा श्री हनुमानजीको आकृति देखिएपछि श्रद्धालुको भीड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित बौधिमाई मन्दिर पछाडि रहेको  आँपको रुखमा भगवान् श्री हनुमानजीको स्पष्ट आकृति देखिएपछि क्षेत्रभर धार्मिक उत्साह फैलिएको छ। आकृति दर्शनका लागि वीरगञ्जसहित पर्सा, बारा र सीमावर्ती भारतीय सहरहरूबाट हजारौँ श्रद्धालुहरूको भीड लाग्न थालेको छ।

आकृति पहिलो पटक बुधबार साँझ देखिएको बताइएको छ। स्थानीय एक महिलाले घाँस काट्ने क्रममा रुखको बोक्रामा श्री हनुमानजीको आकृति देखेपछि छिमेकीहरूलाई जानकारी गराएकी थिइन्। त्यसपछि साँझ करिब ५ बजेदेखि नै श्रद्धालुहरूको ओइरो लाग्न थालेको थियो।

बिहीबार बिहानैदेखि श्रद्धालुहरूको सङ्ख्या झनै बढेको छ। स्थानीयहरूले आकृतिलाई साक्षात् भगवान् श्री हनुमानजीको प्रकटीकरण मानेर रुखको फेदमा फूल, धूप, दीप र प्रसाद चढाउँदै पूजापाठ सुरु गरेका छन्।

बौधिमाई मन्दिरका पुजारी ददन ओझाले आकृति देखिएयता दिनरात श्रद्धालुहरूको भीड लागिरहेको जानकारी दिए। उनले यस घटनालाई भगवान्‌को कृपाका रूपमा व्याख्या गर्दै श्रद्धालुहरूलाई दर्शनका लागि आउन आग्रह गरेका छन्।

वडा नं. १० का वडाध्यक्ष सुशील कुमार कानुले धार्मिक आस्थाको सम्मान गर्दै आकृतिको संरक्षणमा ध्यान दिइने बताए। श्रद्धालुहरूको सुविधा र व्यवस्थापनका लागि वडा कार्यालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै दीर्घकालीन रूपमा महानगरपालिकासँग समन्वय गरी संरक्षण तथा मन्दिर निर्माणको कार्यक्रम अघि बढाउन सकिने उनको भनाइ छ।

श्रद्धालु तथा स्थानीय अगुवाहरूले आकृतिको संरक्षण गर्दै सो स्थानमा भव्य हनुमान मन्दिर निर्माण गर्न माग गरेका छन्। उनीहरूका अनुसार यसले धार्मिक आस्थासँगै पर्यटकीय महत्त्वसमेत बढाउनेछ।

घटनाले वीरगञ्जमा धार्मिक उत्साह र एकताको वातावरण सिर्जना गरेको छ। श्रद्धालुहरूको सङ्ख्या बढ्दै गएकाले सुरक्षा र व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने देखिएको छ।

ताजा समाचार

थप समाचार