Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

महोत्तरीमा प्रतिनिधि सभा निर्वाचनका लागि ३,९१२ निर्वाचन प्रहरी भर्ना गरिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ पुस । आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन हजार ९१२ जनालाई निर्वाचन प्रहरीका रूपमा भर्ना गरिने भएको छ।

निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको सूचनामा उक्त संख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा भनिएको छ कि भर्ना, छनोट, नियुक्ति र परिचालन कार्य “नेपाल प्रहरी (सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२” अनुसार सञ्चालन गरिनेछ।

महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेका छन्। आगामी निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदान केन्द्र, र चार लाख ३१ हजार २८२ मतदाता कायम भएका छन्। निर्वाचन प्रहरीको भर्नाले मतदान केन्द्रमा सुरक्षा सुनिश्चित गर्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार