Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

हरिखेतान क्याम्पसका विद्यार्थीको माग तुरुन्त सम्बोधन गर्न मिरोज अहमदको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२५ पुस । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको आन्तरिक विवाद, किचलो र व्यवस्थापन समितिको मनोमानीप्रति नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव मिरोज अहमदले गम्भीर चासो व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै सचिव अहमदले क्याम्पसलाई निजीकरण गर्ने वा सीमित व्यक्तिको स्वार्थअनुसार सञ्चालन गर्ने कुनै पनि प्रयासले हजारौँ विद्यार्थीको भविष्य जोखिममा पार्ने चेतावनी दिएका छन्। उनले हरिखेतान क्याम्पस कुनै व्यक्ति वा गुटको सम्पत्ति नभई विद्यार्थी, अभिभावक र समुदायको साझा शैक्षिक संस्था भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “क्याम्पसको नाममा राजनीति, दबाब र स्वार्थ थोपरेर विद्यार्थीको पठनपाठन अवरुद्ध गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन। विद्यार्थीको पढाइ प्रभावित हुनु भनेको भविष्यलाई अन्धकारतर्फ धकेल्नु हो।”
सचिव अहमदले क्याम्पसका विद्यार्थीहरूले उठाएका जायज मागहरू तत्काल, जिम्मेवार र पारदर्शी ढंगले सम्बोधन गर्न क्याम्पस प्रशासन र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

गरिब, विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीहरूको मुख्य शैक्षिक गन्तव्यका रूपमा परिचित हरिखेतान बहुमुखी क्याम्पसमा पछिल्लो समय देखिएको आन्तरिक विवादले पठनपाठनमा असर परेको गुनासो बढ्दै गएको छ।
यस विषयमा क्याम्पस प्रशासनले हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। विद्यार्थीका मागहरू सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढ्न सक्ने संकेत देखिएको छ।

ताजा समाचार

थप समाचार