काठमाडौँ,२६ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यका साथै सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।
महामन्त्रीद्वयको पहलमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको बताइएको छ।
बैठकमा विशेष महाधिवेशनसम्बन्धी पछिल्लो घटनाक्रम, पार्टीभित्र देखिएको आन्तरिक मतभेद तथा त्यसको समाधानका उपायबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।





