Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

“एमाले प्रवेशको हल्ला असत्य : जसपा नेपालमै छु” – प्रदीप यादव

spot_img

वीरगञ्ज, २८ पुस – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेता तथा पूर्व मन्त्री प्रदीप यादवले आफू कुनै पनि हालतमा नेकपा (एमाले) मा प्रवेश गर्न नलागेको स्पष्ट पारेका छन्।

केही सञ्चार माध्यमहरूमा आफू एमालेमा प्रवेश गर्न लागेको भन्ने समाचारहरू प्रकाशित भएपछि त्यसको खण्डन गर्दै नेता यादवले आफू जसपा नेपालमै सक्रिय रहेको बताएका हुन्। नेपाल पोष्ट डेलीसँगको कुराकानीमा उनले ती समाचारहरू झुठा, आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन्।

केही दिनअघि मात्रै नेता प्रदीप यादव, रेणु कुमारी यादवसहितका नेताहरूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए। त्यसयता आफू पार्टी परिवर्तन गर्ने कुनै मनसाय नरहेको यादवले प्रष्ट पारे।

जसपाका उपमहासचिवसमेत रहेका यादवले मधेशको मुद्दा, पहिचान र अधिकारको आन्दोलनमा आफू इमान्दारीपूर्वक लागिरहेको उल्लेख गर्दै सम्पूर्ण मधेशवादी शक्तिहरूलाई एक ठाउँमा उभ्याउने प्रयासमा आफू केन्द्रित रहेको बताए।
‘म पार्टीभन्दा पनि मुद्दा र जनताको पक्षमा अडिग छु,’ उनले भने, ‘मधेशी जनता र क्षेत्रवासीको भावना अनुसार नै मेरो राजनीतिक यात्रा अगाडि बढिरहेको छ।’

यसैबीच, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको १२ बुँदे एकता सहमतिपछि गठन भएको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा आफ्नो नाम समावेश नगरिएकाले यादव असन्तुष्ट भएको भनी केही सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए। यद्यपि, नेता यादवले ती समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

उनका अनुसार, केन्द्रीय समितिको नामावलीमा आफ्नो नाम नपरे पनि रेणु कुमारी यादवलाई भने समावेश गरिएको छ। तर त्यसैका आधारमा पार्टी परिवर्तन गर्ने समाचार निराधार भएको उनले दोहोर्‍याएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय