Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

पार्टी फुट्न नदिने शेखर कोइरालाको दावी

spot_img

काठमाडौं,२८ पुस  –  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले आवश्यक परे जुनसुकै त्याग गर्न पनि पछि नहट्ने बताएका छन्। सोमबार आफ्ना निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीसँगको छलफलमा उनले पार्टी विभाजनबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको अभिव्यक्ति दिएका हुन्।

कोइरालाले पार्टीभित्र एकता कायम राख्न अन्तिम चरणको प्रयास गरिरहेको उल्लेख गर्दै सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग कांग्रेस कुनै पनि अवस्थामा विभाजन हुन नदिन निरन्तर संवाद भइरहेको जानकारी दिए। उनले भेलामा सहभागी नेता तथा कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र निराश नहुन आग्रह गरे।

छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गरे। कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र रहेको भन्दै हालको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी निष्कर्ष उनीहरूले प्रस्तुत गरेका थिए।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटतर्फ जान नदिन दुवै पक्षबीच समन्वय र सहजीकरणको भूमिका खेल्दै कांग्रेसलाई एकताबद्ध बनाउन कोइरालालाई सुझाव दिएका थिए।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको थियो। साथै वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको पनि उपस्थिति थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय