Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

निर्वाचन प्रहरी’मा आवेदन दिनेको लर्को, अधिकांश २० देखि ३५ वर्षका

spot_img

काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा अस्थायी ‘निर्वाचन प्रहरी’का लागि आवेदन दिन युवाहरूको ठूलो उत्साह देखिएको छ।

देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा दिनहुँ आवेदन दिनेहरूको भिड लाग्ने गरेको छ। आवेदन दिनेहरूको अधिकांश उमेर २०–३५ वर्षको बीचमा रहेको पाइएको छ।

निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन अवधिभर खटाइने अस्थायी प्रहरी, अर्थात् निर्वाचन प्रहरी,को व्यवस्था गरिएको हो। यसको लागि न्यूनतम शैक्षिक योग्यता, शारीरिक मापदण्ड र स्वास्थ्य अवस्था पूरा गरेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था छ।

आवेदन दिने युवाहरूले बेरोजगारी, अल्पकालीन रोजगारीको अवसर र राष्ट्रसेवामा योगदान गर्ने चाहनाले निर्वाचन प्रहरीमा आकर्षण बढाएको बताएका छन्।

सरकारले फागुन २१ मा तोकेको निर्वाचनका लागि प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट पर्याप्त सुरक्षाकर्मी नपुग्ने अनुमान गर्दै प्रहरीमार्फत १,३३,९८०, र सशस्त्र प्रहरीबाट १५,११० जनशक्ति खटाउने योजना बनाएको थियो। निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको तय गरिएको छ।

सरकारी विज्ञप्तिअनुसार, भर्ना हुन आवेदन दिने उमेर कम्तीमा १८ र अधिकतम ५४ वर्ष हुनु पर्नेछ। साथै सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको र नैतिक रूपमा दुरुस्त हुनुपर्ने शर्तहरू पनि राखिएका छन्। आवेदन माघ १ गतेसम्म खुला रहनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय