Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

प्रहरी चौकीमै पत्नीको गोली हानी हत्या, लापरवाही देखिएपछि दुई प्रहरी निलम्बित

spot_img

वीरगञ्ज, २८ पुस । उत्तर प्रदेशको हरदोई जिल्लामा कानुन–व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। पाली प्रहरी चौकी परिसरभित्रै एक पतिले आफ्नी पत्नीलाई गोली हानी हत्या गरेपछि प्रहरी संयन्त्रकै सुरक्षा व्यवस्थाप्रति आलोचना चुलिएको छ। घटनामा प्रहरीको लापरवाही देखिएपछि दुई प्रहरीकर्मीलाई तत्काल निलम्बन गरिएको छ।

घटना सोमबार बिहान करिब १०:४५ बजेतिर भएको हो। पाँच दिनअघि प्रेमीसँग घरबाट निस्केकी सोनी नामकी महिलालाई प्रहरीले आइतबार बरामद गरी पाली थानामा ल्याएको थियो। सोमबार उनको मेडिकल परीक्षण गराउने तयारी थियो। बिहान थानाको मेसबाट खाना खाएर बाहिर निस्कँदै गर्दा उनका पति अनुप थानामा पुगे। प्रत्यक्षदर्शीका अनुसार अनुप आक्रोशित अवस्थामा थिए। उनी अचानक कम्मरबाट पेस्तोल निकाल्दै सोनीको दाहिने काँधमा गोली हाने, जसले छाती छेड्दै बाहिर निस्कियो। गोली लागेपछि सोनी थानाकै परिसरमा ढलेकी थिइन्।

घटनाका बेला थानाभित्र थुप्रै प्रहरीकर्मी उपस्थित भए पनि अचानक भएको आक्रमणले केही समय अत्तालिएको अवस्था सिर्जना भयो। जबसम्म प्रहरीले प्रतिक्रिया जनायो, महिला गम्भीर अवस्थामा भुइँमा ढलिसकेकी थिइन्। गोली हानेपछि आरोपी भाग्न खोजे पनि प्रहरीकर्मीहरूले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएका थिए।

घाइते महिलालाई तत्काल सामुदायिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँबाट अवस्था गम्भीर देखिएपछि जिल्ला अस्पताल रेफर गरिए पनि उपचारका क्रममा सोनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै हरदोईका प्रहरी अधिक्षक अशोक कुमार मीणा घटनास्थलमा पुगेर निरीक्षण गरेका थिए। प्रारम्भिक छानबिनमा कर्तव्यमा गम्भीर लापरवाही देखिएको भन्दै अनुसन्धान अधिकारी दारोगा विक्रान्त र महिला सिपाही संजना राजपुतलाई तत्काल निलम्बन गरिएको एसपी मीणाले जानकारी दिए। घटनाको निष्पक्ष छानबिनका लागि अपर प्रहरी अधीक्षक (पश्चिमी) लाई अनुसन्धानको जिम्मेवारी दिइएको छ।

प्रहरीका अनुसार मृतक सोनीको विवाह करिब १७ वर्षअघि अनुपसँग भएको थियो। उनीहरूका १२ वर्षका एक छोरा छन्। पारिवारिक विवादका कारण सोनी जनवरी ७ मा शाहजहांपुर निवासी प्रेमीसँग घर छोडेर गएकी थिइन्। यसबारे जानकारी पाएपछि अनुपले जनवरी ८ मा पाली थानामा उजुरी दिएका थिए, त्यसपछि प्रहरीले खोजतलास गरी आइतबार महिलालाई बरामद गरेको थियो।

एसपी मीणाका अनुसार घटनाका बेला सोनी थानाको मेस नजिकै आफ्ना काका तथा अन्य आफन्तसँग कुराकानी गरिरहेकी थिइन्। त्यही क्रममा पति अनुप त्यहाँ पुगे, केही समय सामान्य संवाद भएपछि अचानक उनले हतियार निकालेर गोली प्रहार गरेका हुन्।

थानाभित्रै यस प्रकारको हत्या हुनुले प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। थानाभित्र हतियारसहित आरोपी कसरी प्रवेश गरे र प्रहरीलाई यसबारे जानकारी किन भएन भन्ने विषयमा स्थानीय बासिन्दा र सामाजिक संघ–संस्थाले कडा आलोचना गरेका छन्। उनीहरूले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय