Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ता हुदै

spot_img

काठमाडौं,२९ पुस – मंगलबार बिहान ८ बजेबाट सुरू हुने भनिएको नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र अझै सुरू हुन सकेको छैन।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाले बन्द सत्र प्रभावित भएको हो।

वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा ढिलोगरी महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।

नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहेकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।

उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।

पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।

विशेष महाधिवेशनस्थलमा प्रतिनिधिहरू बन्द सत्र सुरू हुने प्रतीक्षामा रहेका छन्। नेतृत्व तहको वार्ताबाट सहमति ननिस्किए विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन तयारी थालिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय