Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

धार्मिक सद्भाव कायम गर्न प्रशासनद्वारा छपकैया क्षेत्रका अतिम खाना र मस्जिदमा अनुगमन

spot_img

वीरगञ्ज २९ पुस । पर्सा जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले आज वीरगञ्जको छपकैया क्षेत्रमा रहेका अतिम खाना र एक मस्जिदको अनुगमन गरेको छ।

अनुगमन टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट तथा राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जिल्ला प्रशासनका अनुसार केही दिनअघि वीरगञ्जमा देखिएको धार्मिक तनाव र त्यससँग सम्बन्धित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले अनुगमन गरिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार संवेदनशील क्षेत्रका धार्मिक स्थल तथा सार्वजनिक स्थानको अवस्था बुझ्न अनुगमन अघि बढाइएको जनाइएको छ।

अनुगमनका क्रममा अतिम खाना र मस्जिदमा सुरक्षा अवस्था, धार्मिक गतिविधिको सञ्चालन, व्यवस्थापन पक्ष तथा सम्भावित संवेदनशील विषयहरूबारे जानकारी लिइएको थियो। सुरक्षा निकायले कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाइएको र स्थानीय समुदाय तथा सरोकारवाला पक्षसँग समन्वय गरेर शान्ति कायम राखिने प्रतिबद्धता जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा धार्मिक सद्भाव, आपसी सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न सबै समुदायलाई संयमता अपनाउन र कानूनको पालना गर्न आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय