Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

समानुपातिक बन्दसूचीबाट बाहिरिए १६४ उम्मेदवार, कुन दलबाट कति ? (विवरणसहित)

spot_img

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमा समेटिएका १६४ उम्मेदवारले नाम फिर्ता लिएको जनाएको छ ।

यही पुस १३, १४ र १५ गते विभिन्न राजनीतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । आयोगले सोमबार (पुस २८)गतेसम्म उम्मेदवारी फिर्ता तथा त्रुटि सच्याउन उम्मेदवार र दलहरुलाई समय दिएको थियो ।

सोही क्रममा विभिन्न १८ राजनीतिक दलका १६४ उम्मेदवारले आ–आफ्नो नाम फिर्ता लिएका हुन् । सोमबारसम्म नाम फिर्ता लिएका उम्मेदवारबारे आयोगले मंगलबार अपरान्ह ४ बजेसम्म सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने भएको छ ।

नाम फिर्ता लिएपछि रिक्त भएको स्थानमा यही पुस ३० देखि माघ २ गतेसम्म अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित दलले आयोगमा बुझाउनुपर्नेछ । विभिन्न कार्यक्रमपछि आयोगले माघ २० गते भने समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिनेछ ।

कुन दलबाट कति उम्मेदवार बाहिरिए ?

समानुपातिक उम्मेदवारको बन्दसूचीबाट सोमबार (पुस २८)सम्म १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी – ७८

जनता समाजवादी पार्टी नेपाल – २१

जनमत पार्टी – २०

राष्ट्रिय प्रजातन्त्र पार्टी – १२

जनादेश पार्टी नेपाल – ६

नेकपा (एमाले) – ५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ४

राष्ट्र निर्माण दल नेपाल – ४

नेपाली कांग्रेस – २

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २

उन्नत लोकतान्त्रिक पार्टी – २

गतिशील लोकतान्त्रिक पार्टी – १

नागरिक उन्मुक्ति पार्टी – १

नेपाल जनता पार्टी – १

प्रगतिशील लोकतान्त्रिक पार्टी – १

संघीय लोकतान्त्रिक पार्टी – १

संयुक्त नागरिक पार्टी – १

spot_img

ताजा अपडेट

लोकप्रिय