Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

विशेष महाधिवेशन र वार्ता सँगसँगै राेकिएला त कांग्रेस विभाजन ?

spot_img

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्न दुबै पक्ष वार्तामा जुटेका छन्। विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला पार्टी एकता कायम राख्ने उद्देश्यले वार्ता प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको छ।

विशेष महाधिवेशनको पक्षमा उभिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट संयुक्त वार्ता समिति बनाइएको छ।

विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन् भने संस्थापन तथा इतर पक्षको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्तामा छन्।

मंगलबार बिहान साढे ८ बजेदेखि बसेकाे पहिलाे चरणकाे वार्ता निकै सकारात्मक बनेकाे नेताहरूले बताएका छन् । छलफलमा सहभागी नेता रमेश लेखकले बताएअनुसार पहिलाे चरणकाे वार्ता सकिएकाे छ, अब दिउसाे साढे २ बजे बस्नेछ ।

‘पहिलो चरणमा छलफल सकियो, समस्याबारे गहिराे छलफल भयाे, अब साढे २ बजे बस्ने गरेर टुंगेको छ’, उनले भनेका छन्, ‘छलफल सकारात्मक र सौहार्दपूर्ण भएको छ। पार्टी एकताबद्ध राख्न हामी सबै सहमत छौं ।’

बताइएअनुसार विशेष महाधिवेशन पक्षधरले उठाएका केही मागका कारण सहमति जुट्न सकिरहेकाे छैन । उनीहरूले निर्वाचन टिकटमा पूर्णबहादुर खड्काको हस्ताक्षर अनिवार्य हुनुपर्ने, विशेष महाधिवेशनको सम्पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने र महामन्त्रीद्वयले पेस गरेको पार्टी पुनर्संरचना प्रस्ताव स्वीकार गर्नुपर्ने माग राखेका छन्।

यसका साथै, गुटगत ४० प्रतिशत भागबण्डा र सभापति देउवाले पद छोड्नुपर्ने प्रस्तावसमेत राखेका छन् । यद्दपि, महामन्त्रीद्वयका मागमा संस्थापन सहमत भइसकेकाे छैन ।

बन्दसत्र जारी, केन्द्रीय समिति बैठक पनि बोलाइयो

भृकुटीमण्डपमा विशेष महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र जारी छ। यसैबीच, सभापति देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ।

वार्ता सकारात्मक बनिरहँदा केन्द्रीय कार्यसमिति बैठकले थप सहजीकरण गर्ने गरी निर्णय गर्ने अपेक्षा गरिएकाे छ । विशेष महाधिवेशन पक्षधर नेता प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत बाध्यात्मक परिस्थितिमा सुरु भएको विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशातर्फ लैजाने विश्वास व्यक्त गरेका छन्। उनले लेखेका छन्,“यो विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ।”

कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेका बेला बन्दसत्र र वार्ता दुवैको नतिजाले पार्टीको भविष्य तय गर्ने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय