Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

गच्छदारले भने कांग्रेस संकटमा, विभाजन नहुने सुनिश्चित गर्नुपर्ने

spot_img

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्। पार्टीभित्रै संकटको अवस्था महसुस भइरहेको बताउँदै उनले विगतमा पार्टी विभाजनको अनुभव भएका कारण अहिलेको अवस्था बुझ्न सक्ने बताएका छन्।

पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै गच्छदारले भने, ‘पार्टी क्रिटिकल अवस्थामा गएको छ। भित्र पनि महसुस छ। म पार्टी विभाजन भोगेको छु र बुझेको छु।’

उनी देश संकटमा पुगेको बेला कांग्रेसको भूमिका अहम रहेको र वर्तमान संकटको सामना गर्न पार्टी एकताबद्ध हुनुपर्ने पक्षमा रहेको बताउँछन्। ‘देश संकटमा पुगेको बेलामा कांग्रेसको अहम भूमिका छ। यो संकटको सामना गर्ने परिस्थितिमा कांग्रेसमा विभाजन हुनु हुँदैन,’ उनले जोड दिए।

गच्छदारले आफू दुवै पक्षसँग समन्वय र वार्ता गर्ने भूमिकामा रहेको स्पष्ट पारे। ‘म दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको छु,’ उनले भने।

विशेष महाधिवेशनबारे गच्छदारले आफू विरोधी नभएको पनि स्पष्ट पारे। ‘म कुनै पनि विशेष महाधिवेशनको विरोधी होइन। कात्तिक २६ मा मैले हुनुपर्छ भनेर राखेको हो,’ उनले भने।

उनले पार्टी संकट समाधानका लागि चारैतिर मिलेर विशेष महाधिवेशन गर्न सकिएको भए अझ प्रभावकारी हुने धारणा राखे। ‘पार्टीको संकटको सामना विशेष महाधिवेशन गर्न चारैतिर मिलाएर गर्दा राम्रो हुने थियो,’ उनले भने।

गच्छदारले विशेष महाधिवेशनले पार्टीमा विभाजन हुनुहुँदैन भन्ने पनि स्पष्ट पारे। ‘विशेष महाधिवेशनले पार्टीलाई विभाजनमा पुर्‍याउनु हुँदैन,’ उनले भने। तर, महाधिवेशनकै कारण केही असहज अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘विशेष महाधिवेशनले असहज अवस्था जन्माएको छ। त्यसले पार्टीलाई संकटमा धकेल्ने अवस्था नबनोस्।’

spot_img

ताजा अपडेट

लोकप्रिय