Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेपाली कांग्रेसको विशेष महाधिवेशन मतदाताको संख्या चार हजार ६३८ जना

spot_img

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्दै मनोनयन आह्वान गरेको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले आज सूचना जारी गर्दै उम्मेदवारी पेश गर्न आह्वान गरेका हुन्। त्यस्तै, समितिले महाधिवेशन प्रतिनिधिहरूको मतदाताको नामावली पनि सार्वजनिक गरेको छ।

कांग्रेसमा हालसम्म महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ रहेको छ। तीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका ४४ जना प्रतिनिधिहरू बाहेक, अहिले कुल ४६३८ प्रतिनिधि मतदानमा सहभागी हुन सक्ने छन्।

विशेष महाधिवेशन मूल आयोजन समिति संयोजक मनोजमणि आचार्यले भने, ‘एकै समयमा तीनवटा काम भइरहेकै छन्। बन्दसत्र जारी छ, वार्ता–संवाद भइरहेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेर निर्वाचनको काम अघि बढेको छ। संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति गठन हुनेछ।’

spot_img

ताजा अपडेट

लोकप्रिय