Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

महाराजगञ्ज केन्द्रबाट वितरण हुने यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

spot_img

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ।

प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२÷११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति रोक्न लागिएको हो।

यसअनुसार बुधबार बिहान ११ः३८ बजेदेखि दिउँसो १ः०० बजेसम्म गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशचोक आसपासका क्षेत्र तथा भंगाल फिडर अन्तर्गत तल्लो भंगाल र धोबीखोला कोरिडोर आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ।

त्यसैगरी, शिवपुरी फिडर अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायतका क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित कार्य समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति समयअघि नै पुनः सुचारु गरिने नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत आपूर्ति बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय