Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

छलफलमा गगन–विश्वप्रकाशसँग देउवाले के–के भने ?

spot_img

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि शीर्ष तहमै छलफल सुरु भएको छ । आइतबारदेखि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहँदा संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबिच पनि वार्ता भइरहेको थियो ।

दुवै समूहको वार्ता टोलीबिचको संवादमा सहमति नजुटेपछि बुधबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच छलफल भएको छ । महाराजगञ्जस्थित देउवा निवासमा उनीहरुबिच संवाद भएको हो ।

छलफलका क्रममा गगन–विश्वले सभापति देउवालाई सक्रिय राजनीतिबाट अवकाश लिन आग्रह गरे । जवाफमा देउवाले कुनै प्रतिक्रिया जनाएनन् । बरु देउवाले आगामी महाधिवेशनबाट आफू नेतृत्वमा नरहने र विधानले पनि नदिने स्मरण गराए ।

केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको र यही महाधिवेशनबाटै आफूले नेतृत्व छाड्ने घोषणा गरिसकेकाले अहिले विवादमा अल्झिनु नहुने देउवाले महामन्त्रीद्वय गगन–विश्वलाई बताए । सभापति देउवाले यो तीन महिनामा हुने के नै छ र ? भन्दै सहमतिमा आउन आग्रह गरे ।

तर, निर्वाचन आयोग र कानुनले दिएमा आफू आगामी निर्वाचनमा उम्मेदवारको टिकट वितरणमा हस्ताक्षर नगर्न राजी भएको भन्दै देउवाले लचकता देखाएको एक नेताले जानकारी दिए ।

गगन–विश्वलाई सभापति देउवाले राष्ट्रिय सभाको उम्मेदवारको टिकट वितरणमा र प्रतिनिधिसभाको समानुपातिकको बन्दसूचीमा आफ्नो हस्ताक्षर भएकाले अब प्रत्यक्षको टिकट वितरणमा अर्को व्यक्तिको हस्ताक्षर गर्न मिल्ने भए आफू तयार रहेको बताएका हुन् ।

सभापति देउवासँग महामन्त्रीद्वय गगन र विश्वप्रकाश विशेष महाधिवेशन पक्षधरसँग छलफल गरेर पुनः वार्तामा बस्ने भन्दै देउवा निवासबाट बाहिरिएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय