Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

भारतले निर्वाचनका लागि नेपाललाई ५३८ सवारी साधन उपलब्ध गराउने

spot_img

वीरगञ्ज, ३० पुष । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ५३८ वटा सवारी साधन उपलब्ध गराउने भएको छ। निर्वाचन आयोगका अनुसार तीमध्ये ३०० वटा सवारी साधन नेपाल प्रहरीलाई प्रदान गरिनेछ भने बाँकी २३८ वटा विभिन्न सरकारी निकायमार्फत निर्वाचन व्यवस्थापनमा प्रयोग गरिने तयारी गरिएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार भारतीय पक्षले यसै सातादेखि सवारी साधन नेपाल पठाउन सुरु गर्ने जानकारी दिएको छ। आयोग स्रोतले जनाएको छ, “माघको दोस्रो साता अर्थात् जनवरीको अन्त्यसम्म सबै सवारी साधन नेपाल आइपुग्ने बताइएको छ। निर्वाचनको सुरक्षा, अनुगमन र व्यवस्थापनका लागि सवारी साधन अत्यन्तै महत्वपूर्ण हुन्छन्।”

भारतले सहयोगस्वरूप उपलब्ध गराउने सवारी साधनमध्ये करिब १०० वटा विशेष प्रकृतिका हुने जनाइएको छ। यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा पनि भारतले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग गरेको थियो।

निर्वाचन सहयोगका सन्दर्भमा युरोपेली मुलुकहरूले संयुक्त राष्ट्रसंघीय निकायमार्फत सहयोग गर्ने जानकारी दिएका छन्। त्यस्तै, जापान सरकारले सिधै आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालय निकट स्रोतका अनुसार जापानले ‘निर्वाचन’ शीर्षक उल्लेख नगरी अन्य सहयोग शीर्षक परिवर्तन गरेर निर्वाचन प्रक्रियामा आर्थिक सहयोग गर्न लागेको हो।

यसैबीच, निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई समेत सहयोगको अनुरोध गर्दै औपचारिक पत्राचार गरे पनि हालसम्म चीनको तर्फबाट कुनै जवाफ प्राप्त नभएको स्रोतले जनाएको छ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई कुल ६ अर्ब ७४ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। साथै, नेपाल प्रहरीका लागि ७ अर्ब १३ करोड रुपैयाँ, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख रुपैयाँ तथा अन्य शीर्षकअन्तर्गत २ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय